No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार प्रदान

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १८, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार प्रदान
Share on FacebookShare on Twitter

इटहरी । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै सङ्घीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका प्रमुख नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरे ।

कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले प्रमुख कोइरालालाई दोसल्ला ओढाएर नगद रु ५० हजार र सम्मानपत्र प्रदान गरेको विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिए । मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्तवपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ ।

“सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कानून कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,” मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।

महानगरले गत वैशाख १ गतेदेखि विराटनगरका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा निषेध गरेको थियो । कार्यक्रममा मन्त्री बस्नेतले विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनलाई निषेध गर्ने सन्दर्भमा निकै महत्त्वपूर्ण कार्य गरेको बताए ।

उनले अन्य पालिका र सरकारी कार्यालयले पनि विराटनगरबाट सिक्नुपर्नेमा जोड लिए ।

मन्त्रालयले छनोटका क्रममा विशेष टोली पठाएर स्थलगतरूपमा समेत अध्ययन गरेको उनको भनाइ थियो । महानगरले अघि सारेको अभियान निकै प्रभावकारीरूपमा कार्यान्वयन भएको देखिएकाले पुरस्कृत गरिएको मन्त्री बस्नेतले प्रस्ट पारे ।

विराटनगर महानगर प्रमुख कोइरालाले महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए । अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको उनको भनाइ थियो ।

कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गरेको पुरस्कार विराटनगरवासीकै कारण प्राप्त गरेको उल्लेख गरे । “विराटनगरवासीको साथ र सहयोगकै कारण महानगरले सञ्चालन गरेका अभियान सफल भइरहेका छन्”, उनले भने, “सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा पनि महानगरवासीको ठूलो साथ पाएका छौँ ।”

कार्यक्रममा स्वास्थ्य सचिव डा.पोखरेलले सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणको न्यूनीकरण, नियन्त्रण तथा कानून कार्यान्वयन गरी देशका सात सय ५३ पालिकामा मात्रै नभएर मुलुकका सबै सरकारी संयन्त्रमध्ये विराटनगर सर्वोत्कृष्ट भएको बताए ।

ShareTweetPin
Previous Post

सवारी दुर्घटनामा दुईको मृत्यु

Next Post

शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न व्यवसायीहरूको अपिल

Next Post
शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न व्यवसायीहरूको अपिल

शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न व्यवसायीहरूको अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.