बक्लौरी । सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी महोत्सव २०८० हुने भएको छ । नगरको साँस्कृतिक पहिचान, पर्यटन प्रवद्र्धन, व्यवसायिक प्रवद्र्धन, धार्मिक स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी जेठ १९ गतेदेखी असार ५ गते सम्म १९ दिने महोत्सव हुने भएको हो ।
मंगलबार रामधुनी युवा क्लवले पत्रकार सम्मेलन गर्दै रामधुनीमा महोत्व गर्न लागिएको जानकारी दिएको हो । महोत्सवमा विभिन्न स्थानीय उत्पादन, व्यापारिक प्रवद्र्धन, प्राविधिक टेक्नोलोजि, जातिय परिकार लगायतका स्टलहरु रहने आयोजक रामधुनी युवा क्लवले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । महोत्वमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने छ ।
युवा नेतृत्व विकास, रामधुनी नगरको साँस्कृतिक पहिचान, पर्यटन प्रवद्र्धन, नगरको व्यवसायिक प्रवद्र्धन, रामधुनी मन्दिरको धार्मिक प्रवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गर्ने क्लवका अध्यक्ष होमकाजी राईले जानकारी दिए ।
महोत्सव रामधुनी १ को वडाकार्यालय छेउमा आगामी जेठ १९ गतेदेखि असार ५ गते सम्म सञ्चालन हुने छ ।

















