इटहरी । झापाको बुद्धशान्ति गाउँपालिका ४ लावरको भित्री सडक खण्डमा बसले पैदलयात्रीलाई ठक्कर दिदाँ एक बालिकाको मृत्यु भएको छ ।
शनिबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख १३१३ नम्बरको बसले ठक्कर दिदाँ बालिकाको मृत्यु भएको हो ।
पैदलयात्री पाँचथरको हिलिहाङ घर भइ झापा बुद्धशान्ती ४ मा बस्दै आएकी आशिष तामाङको ८ वर्षीया छोरी सोमिया तामाङलाई ठक्कर दिदाँ घाइते भएकी बालिकाको उपचारको क्रममा झापाको बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

















