इटहरी । मोरङको दुई छुट्टाछूट्टै स्थानबाट लागूऔषध ब्राउनसगुर र ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शनिबार बिराटनगर १५ बाट १.१० ग्राम लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी ४ का ३१ वर्षीय किरण मुखिया रहेका छन् ।
यस्तै, सोही स्थानबाट सभापोखरी गाउँपालिका ३ संखुवासभाका २२ वर्षीय सुमन अधिकारीलाई लुपिजेशिक २०एम्पुल, एभिल २० एम्पुल, डाईजेपाम २०एम्पुल, फेनारागन २० एम्पुल र नाईट्राजेपाम १० ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















