ईटहरी । झापाको सताक्षीधामको झर्नामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
कमल गाउँपालिका ५ का १९ वर्षीय निश्चय भण्डारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार माथिल्लो झरनाको दहमा पौडी खेल्नेक्रममा शनिबार दिउँसो करिब १२ बजेतिर डुबेर भण्डारीको मृत्यु भएको हो ।
झर्नामा डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।भण्डारी आफ्ना साथीहरूसँग सताक्षीधाम क्षेत्रमा घुम्न गएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















