इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२८ पिन्ट रगत संकलन भएको छ ।
उद्योग वाणिज्य संघको आयोजना तथा अन्य २७ वटा संस्थाको आयोजनामा भएको कार्यक्रममा २२८ पिन्ट रगत संकलन भएको हो ।
रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सुरक्षाकर्मी, व्यवसायी, विभिन्न उमेर समूहका व्यक्तिले रक्तदान गरेका उवासंघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जनकारी दिएका छन् ।
उनले उपचाररत बिरामीलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

















