ईटहरी । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।
मृत्यु हुनेमा स्थानीय कमल सुवेदीको छोरी १२ वर्षीया पुजना सुवेदी र १० वर्षीया गंगा सुवेदी रहेका छन् ।
बुधबा बिहान ९ बजे हेवाखोलाबाट बालुवा बोकेर जोरपोखरी तर्फ जाँदै गरेको मे. १ त २९६१ नम्बरको ट्याक्टरमा चढेर विद्यालयतर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरबाट लड्दा चक्काले किचेर उनीहरूको मृत्यु भएको हो ।
घाइते भएका स्थानीय विशाल बराईलीकी ११ वर्षीया छोरी रेश्मा बराईली र गणेश अधिकारीकी १० वर्षीया छोरी सोनिया अधिकारीको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रयाक्टर चालक कुम्मायक पाँचथरका प्रेम बहादुर कामीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

















