इटहरी । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
विभिन्न मिति र समयमा मोरङका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न रहेको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाइकल चोरीमा संलग्न रहेको व्यक्तिलाई पक्राउ गरेकोको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका वडा नं. ६ बस्ने १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका वडा नं. ५ बस्ने २० वर्षीय दीपेश कुमार सरदार, धनपालथान गाउँपालिका ६ बस्ने २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेन कुमार राय र विराटनगर महानगरपालिका ८ बस्ने २० वर्षीय रोहित चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















