इटहरी । इटहरीमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार राति ९ः१५ बजेतिर इटहरी १७ स्थित सिप्रदि नजिकै मे ११ प ३५३६ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा इटहरी ७ की २० वर्षीया एलिसा मगर रहेकी छन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राति नै विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटरमा सवार इटहरी ५ की २२ वर्षीया सुस्मिता चौधरी सामान्य घाइते भएकी छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अवस्थामा लबिपुर खोलाको पुलमा रहेको रेलिङमा स्कुटर ठोकिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तीव्र गतिका कारण स्कुटर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

















