इटहरी । संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
मकालु गाउँपालिका ५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय संखुवसभाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु ५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका राईको उपचारका क्रममा बुधबार बिहान सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुर घाइते भएको उनको भनाई छ । घाइते हुनेमा भारतको गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीया साइमुदिन अली रहेका छन् ।
दुवैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















