इटहरी । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर ४ मा सार्वजनिक यात्रुबाहक बसबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको गाँजा फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय नेमुवाको गेट अगाडिबाट प्रहरी टोलीले कोसी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ५४३६ नम्बरको बस चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा सिट मुनी लुकाई छिपाई राखिएको गाँजा फेला पारेको हो ।
उक्त बसबाट प्रहरीले ६ केजी २०० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

















