इटहरी । इटहरीमा कोसी प्रदेशस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को संयोजनमा इटहरी रंगशालामा सुरु प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगितालाई कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरे ।
प्रतियोगितामा कोसी प्रदेशका १४ वटै जिल्लाका एक हजार दुई सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।
एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन हुने प्रतियोगिताबाट छानिएका खेलाडीले काठमाण्डौँमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन ।