इटहरी । विगत १ वर्ष देखि समाजिक कार्य गर्दै आइरहेको संकल्प युवा क्लब ले स्वर्गीय मित्रहरु अजय राई र विजय गुरुङ को सम्झना स्वरूप यही मिति २०८० साल वैशाख १० गते देखि १७ गते सम्म अजय – विजय स्मृति कप खुल्ला फुटबल प्रतियोगिता को दोश्रो संस्करण को आयोजना गर्ने भएको छ ।
खेल मा कुल प्रदेश नं १ भित्र को ८ टिमको सहभागिता रहने छ भने विजेता टीम ले नगद रु.५१००० ट्रफी,मेडल र प्रमाणपत्र र उपविजेता टीम ले रु. ३१००० ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार पाउने छन्। त्यस्तै हरेक खेल को उत्कृष्ट खेलाडी ले नगद रु.१५०० तथा ट्रफी पाउनेछन्।
त्यस्तै उत्कृष्ट खेलाडी ले नगद रु. ५००० तथा ट्रफी पाउनेछन् भने उत्कृष्ट गोलरक्षक,डिफेन्डर,सर्वाधिक गोलकर्ता ले जनही नगद २५०० सहित ट्रफी हात पार्नेछन्।
पहिलो खेल एपिफ सुनसरी र पूर्वाञ्चल युनाइटेड बीच दिन को ठिक २ः३० वजे इटहरी ५ जन्तबस्ती मा अवस्थित रक्त्तमाला प्राबि को खेल मैदान मा हुनेछ ।
यश प्रतियोगिता मा आयोजक संकल्प युवा क्लब को २ टीम, राजाबाश युथ क्लब, दियालो जनकल्याण क्लब, पूर्वाञ्चल युनाइटेड क्लब, केराबारी फुटबल क्लब, रानी प्रहरी विराटनगर र सशस्त्र प्रहरी बल सुनसरी गरी जम्मा ८ टीम को सहभागिता रहने छ।
खेल हुने मिति २०८० वैशाख १० गते

















