इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका छन् ।
कार्यपालिका बैठकमा अनुपस्थित नभएकोप्रति खेद प्रकट गर्दै एक विज्ञप्तिमार्फत मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।
‘विगत केही महिनादेखि बिनाकारण पटकपटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै सुशासन र विकास पाउनु पर्ने जनताको अधिकारमाथि खेलबाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो,’
उनले वडाध्यक्षहरूले पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्छु भन्दै खाएको शपथ बिर्सिएर वडाध्यक्षहरू पार्टीको स्वार्थ र निर्देशनअनुसार चलेको आरोपसमेत लगाएका छन्। जनप्रतिनिधिहरूले आफ्नो पदीय हैसियत बिर्सिएर पार्टीको निर्देशनमा चल्नु खेदपूर्ण कार्य भएको पनि उनले जनाएका छन्।