इटहरी । सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको शव फेला परेको छ ।
आफन्तको श्राद्धमा जाने कममा सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएकामध्ये झापाको दमक २ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता रहेका दमक ९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी ७ का १८ वर्षीय राज गुरागाईँको खोजी भइरहेको छ ।सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।