इटहरी । इटहरी उपमहानगरपालिकाले नक्सा पास छुटेका घरहरूलाई बैशाख मसान्तसम्ममा सम्पर्कमा आए नक्सापास गरिदिने भएको छ ।
इटहरी क्षेत्रभित्र नियमअनुसार निर्माण भएका तर नक्सा पास नभएका वा लिन छुट भएका निजी तथा सार्वजनिक र सरकारी भवनको नक्सा पास गरिदिन लागिएको हो ।
नक्सा पास नहुँदा खरिद, बिक्री, धितो, बन्धक आदिमा समस्या भोगिरहेका नगरबासीहरूलाई राहत दिने बताइएको छ ।
अहिलेसम्म चार सय वटा अभिलेखीकरणमा आइसकेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका अनुसार नियमतः तीन सय प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ ।
तर, अहिले उपमहानगरपालिको एक सय प्रतिशत जरिवाना मात्र लिएर नक्सा पास गरिदिने तयारी गरेको छ ।

















