इटहरी । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषधको ओसारपसार तथा बेचबिखन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रतिबन्धित लागूऔषधको ओसार पसार तथा बेचबिखान मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।११।२९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका ७ घर भइ धरान १६ बस्दै आएका २९ वर्षीय निखिल जोशीलाई पक्राउ गरिएको हो ।
उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका जोशीलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।