No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीमै पहिलोपटक एसओएस हर्मन माइनर विद्यालयले सुरु गर्यो कम्प्युटर इन्जिनियरिङ

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ५, २०८०
in प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार, हेडलाइन
0
सुनसरीमै पहिलोपटक एसओएस हर्मन माइनर विद्यालयले सुरु गर्यो कम्प्युटर इन्जिनियरिङ
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीस्थित एस.ओ.एस हर्मन माइनर विद्यालयले प्राविधिक धारको कम्प्युटर इन्जिनियरिङ सम्बन्धी कक्षा सुरु गर्ने भएको छ ।सुनसरीमै पहिलोपटक सुरु भएको कम्प्युटर इन्जिनियरिङ सम्बन्धी प्राविधिक शिक्षामा अभिभावकहरू आकर्षित भएका छन् ।

युवा वर्गमा प्रविधि र सञ्चारप्रतिको आकर्षण बढिरहेको र स्थानीय स्तरमा यस सम्बन्धी जनशक्तिको पनि अभाव रहेकाले यस इन्जिनियरिङ सम्बन्धी कक्षा सञ्चालनले दक्ष जनशक्ति निर्माणमा सहयोग पुग्ने दाबी गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा यसै शैक्षिक सत्रदेखि इन्जिनियरिङ धारको पठनपाठन सुनसरी जिल्लामै पहिलोपटक सुरु गरिएको विद्यालयका प्रधानाध्यापक शान्तिराम तिम्सिनाले जानकारी दिए ।

कुल ४८ जनाको सिट रहेको उक्त कक्षामा पच्चीस प्रतिशत लक्षित वर्गका विद्यार्थीले छात्रवृत्ति समेत पाउने छन् ।
प्रधानाध्यापक तिम्सिनाका अनुसार एसओएस बालग्राम नेपालद्वारा सञ्चालित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरी कै एक परियोजना हो ।

एसओएस बालग्राम नेपाल, पारिवारिक संरक्षणविहीन तथा परिवारको संरक्षणबाट वञ्चित हुने अवस्थामा रहेका बालबालिकाहरूका लागि विगत ५१ वर्षदेखि कार्यरत बालहितकारी सामाजिक संस्था हो । एसओएस बालग्राम नेपालले राष्ट्रभर १० बालग्रामसहित ४४ वटा परियोजना सञ्चालन गर्दै आएको उनले बताए ।

पछिल्लो समयमा विद्यार्थीहरूको आकर्षणका रूपमा रहेको कम्प्युटर इन्जिनियरिङ सम्बन्धी पठनपाठनका लागि विद्यार्थीहरू इटहरीबाट बाहिरिने क्रममा बढिरहेका बेला विद्यालय तहमै कक्षा ९ देखि १२ सम्मको कार्यक्रम इटहरीमा नै सुरु भएको हो ।

एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले हालसम्म २४ वटा एसईई ब्याच उत्पादन गरिसकेको छ ।
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने सन्देशलाई आत्मसात् गर्दै विद्यालयले इटहरी उपमहानगरपालिकासँग सहकार्य गरी प्राविधिक धारमा विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको प्रधानाध्यापक तिम्सिना बताउँछन् ।

ShareTweetPin
Previous Post

धरानमा कार्यपालिका बैठक फेरि स्थगित, तीनजना वडाध्यक्ष मात्रै उपस्थित

Next Post

साई हस्पिटल प्रा.लि. झुम्काले गर्यो इनरुवाका कार्कीको सफल शल्यक्रिया

Next Post
साई हस्पिटल प्रा.लि. झुम्काले गर्यो इनरुवाका कार्कीको सफल शल्यक्रिया

साई हस्पिटल प्रा.लि. झुम्काले गर्यो इनरुवाका कार्कीको सफल शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.