इटहरी । झापामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
महोत्तरी बर्दिवास नगरपालिका ५ बस्ने २९ वर्षीय कूलबहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
कूलबहादुरले ती किशोरीलाई झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबसताक्षी नगरपालिका ३ भोटेपुल बस्ने ६३ वर्षीय बलराम कामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बलरामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















