इटहरी । मोरङको रंगेली ३ आमतोलामा ट्याक्टर दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ।
तेतरिया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भए दुर्घटना भएको थियो।दुर्घटनामा १५ जना घाइते भएका छन्।
मोरङ प्रहरीका अनुसार दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका ५ की ६० वर्षीया बैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीता कुमारी माझीको मृत्यु भएको छ।
बैशाखी कुमारीको घटनास्थलमै र रीताको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान ५ का अन्दाजी ३१ वर्षीय चालक माझी फरार बनेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।