इटहरी । इटहरीमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बुधबार साँझ ६ बजेतिर इटहरी ८ भुर्कीस्थित भित्री पक्की सडकखण्डमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको को ११ प ९५५५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ बिजुलीको पोलमा ठक्कर भइ दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी १४ बस्ने अन्दाजी २८।३० वर्षीय उमेश चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालकको तत्काल सवारी चालक अनुमति पत्र नखुलेको र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

















