इटहरी । इटहरी २० तरहरामा बास्केटबल प्रतियोगिता हुने भएको छ ।
तरहरा स्पोर्ट क्लबको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाउने भएका छन् ।
तरहराको सगरमाथा खेल मैदान (बास्केटबल कोर्ट)मा हुने प्रतियोगिताको बिजेता टिमले नगद ५१ हजार र उपबिजेता टिमले नगद २१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
बास्केटबल खेलमा खेलाडीको लगाव बढाउन र उनीहरूलाई प्रोत्साहित गर्न खेलको आयोजना गरिएको बताइएको छ ।
बास्केटबलमा खेलाडीको उत्पादन र दक्ष खेलाडीलाई प्रोत्साहन गर्नका निम्ति उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष विवश विष्टले बताए ।
उनका अनुसार चैत २९ गते बुधबारदेखि सुरु हुने प्रतियोगिता बैशाख ४ गते समापन हुनेछ ।

















