No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सांसद शर्माको प्रस्तावः जलविद्युत उत्पादनमा लगानी गर्न भारत तयार छ, सहकार्य गरौँ

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २८, २०७९
in शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाइन
0
सांसद शर्माको प्रस्तावः जलविद्युत उत्पादनमा लगानी गर्न भारत तयार छ, सहकार्य गरौँ
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नेपालमा जलविद्युत उत्पादनका लागि लगानी गर्न भारत तयार रहेकाले सहकार्य गरेर विद्युत उत्पादन बढाउँन प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले जलविद्युत उत्पादन बढाएर नेपाललाई समृद्ध बनाउँन सकिने आधार भएकाले भारतीयहरुसँग सहकार्य गरेर भएपनि विद्युत उत्पादन बढाउँन सुझाव दिएका हुन् ।

केही दिन अघि भारत गएका सांसद शर्माले त्यहाँका विशिष्ट व्यक्तिहरुसँग भेट गरेका थिए । भेटको कुराकानी उल्लेख गर्दै सांसद शर्माले भारतका उद्योगी, व्यवसायीहरु नेपालमा जलविद्युत उत्पादनका लागि लगानी गर्न तयार रहेको बताए । जलस्रोतको धनी देश नेपालले जलविद्युत उत्पादन बढाएर विद्युतको ठूलो बजार भारत र बंगलादेशलाई बेची केही बर्षभित्रै समृद्ध बन्न सक्ने उनको तर्क छ । तर, अन्य देशसँग मिलेर विद्युत उत्पादन गर्ने र भारतले किन्नुपर्ने बिषय प्रति भारतीयहरु सन्तुष्ट नरहेको पाएको सांसद शर्माले सुनाए । ‘उत्पादन तपाईहरुले विश्वका अरु कम्पनीहरुलाई दिने अनि उत्पादन पश्चात हामीले किनिदिनुपर्ने ? यो अलि वैज्ञानिक भएन भन्ने कुरा उहाँहरुको छ,’ भारतीय उद्योगी व्यवसायीसँगको छलफलको कुरा सुनाउँदै सांसद शर्माले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण अगावै यो बिषयमा एउटा राजनीतिक संयन्त्र तयार गरेर घनिघुत रुपमा छलफल गर्ने हो भने जलविद्युतको विकासका लागि भारतीय व्यवसायीहरु, बंगलादेशका व्यवसायीहरुसँग त्रिपक्षीय सम्झौता गर्न सम्भव छ ।’

प्रधानमन्त्रीको भारत भ्रमणको मितिलाई केही पछाडी धकेलेर भएपनि राजनीतिक संयन्त्र निर्माण गरी भ्रमणमा जादा जलविद्युतमा लगानीको वातावरण निर्माण गर्न प्रधानमन्त्री दाहाललाई सांसद शर्माले आग्रह गरे । हाइड्रोपावरको क्षेत्रमा लागेका नेपाली उद्योगी व्यापारी र लगानी गर्न तयार भारतीय उद्योगी व्यवसायीहरुको बिचमा समन्वयको वातावरण मिलाई चाडै ठूला–ठूला जलविद्युत आयोजनाहरु सञ्चालन गरी भारत र बंगलादेशमा बेचेर समृद्धिको यात्रा तय गर्न सरकारलाई उनको सुझाव छ ।

बर्खाको सिजनमा भारतसँग अधिकतम ४५२ मेगावाटको मात्र कारोवार भइरहेको भन्दै उनले सम्भव देखिएका २३ वटा प्रोजेक्ट मात्र सञ्चालन गर्न सक्ने हो भने पनि सन् २०३० सम्ममा ३० हजार मेगावाट विद्युत उत्पादन गरेर बेच्न सकिने उनको आकलन छ । यसो गर्न सकेमा नेपाल समृद्ध बन्ने उनको तर्क छ । अब, भारतलाई हेर्ने दृष्टीकोण पनि परिवर्तन गर्नुपर्ने भन्दै उनले भारतसँग धार्मिक र साँस्कृतिक कुटनीतिबाट नयाँ ढंगले सम्बन्ध अगाडी बनाउँन उपयुक्त हुने धारणा राखेका छन् ।

ShareTweetPin
Previous Post

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Next Post

काशी प्रदेशमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि संझौता

Next Post
प्रदेश १ मन्त्रिपरिषद् बैठक:  सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद

काशी प्रदेशमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि संझौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.