इटहरी । सुनसरीको रामधुनी नगरपालिका ७ स्थित पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
स्थानीय ४२ वर्षीय मंगल माझी रास तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
प्रहरीलाई स्थानीयले जानकारी गराएपश्चात घटनास्थलमा प्रहरीको टोली खटिई कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

















