No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सांसदविरुद्ध प्रदर्शन गर्ने चार युवक पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २६, २०७९
in प्रदेश, मुख्य समाचार, हेडलाइन
0
सांसदविरुद्ध प्रदर्शन गर्ने चार युवक पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेशको पक्षमा मतदान गर्ने खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ परेका छन् ।

कोशी प्रदेश नामकरणका पक्षमा मतदान गरेको भन्दै नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य राईविरुद्ध आज दिक्तेलमा प्रदर्शनमा उत्रिएका किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किराँत, सहकोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका पूर्वउपाध्यक्ष सप्तमणि राई र जनता समाजवादी पार्टी (जसपा) खोटाङका सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् ।
जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्लासभा सञ्चालन भइरहेकको समयमा किराँत राई यायोक्खाका अध्यक्ष किराँतले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी गर्दै कालो झन्डा देखाएका थिए । विरोधमा उत्रिएका समूहले प्रदेशसभा सदस्य राईलाई कालोमोसो दल्ने प्रयाससमेत गरेका थिए ।

यायोक्खाका अध्यक्ष किराँतबाहेक अन्य तीन जनालाई भने हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आह्वान गरिएको तर, त्यसविपरीत जिल्ला प्रवेश गरेकाले विरोध गरिएको यायोक्खाका अध्यक्षले बताए ।

सम्भावित दुर्घटनालाई ध्यान दिएर प्रशासनले जिल्लासभा आसपासमा प्रहरी परिचालन गरेको थियो । पक्राउ परेका चार जनासँगै नागरिक समाजका अगुवा सूर्यबहादुर राई, जसपाका प्रदेश समिति सदस्य नवीन राई, जसपाका जिल्ला अध्यक्ष पिके खम्बू, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पा र जनजाति महासङ्घ निकट युवा सङ्गठनका अध्यक्ष धनीराम नछुङ जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

पक्राउ परेका चार युवा नछुटेसम्म जिल्ला प्रहरी कार्यालयबाट बाहिर ननिस्कने नागरिक समाजका अगुवा राईले बताएका छन् । यायोक्खाले चैत २० गते प्रेस विज्ञप्तिमार्फत कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रूपमा नल्याउन आग्रह गरेको थियो ।

 

ShareTweetPin
Previous Post

इटहरीमा नयाँ घर बनाउँदा उपमहानगरपालिकाले नक्सा बनाइदिने

Next Post

ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

Next Post
ट्रक र मोटरसाइकल एकापसमा ठक्कर दिदा एक युवतीको मृत्यु, एकजना गम्भीर घाइते

ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.