नेपालकै सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायक ‘वाई–फाई नेपाल’ ले कोशी प्रदेश अन्तर्गत सुनसरीको इटहरी तथा धरानमा आफ्नो सेवा विस्तार गर्ने भएको छ।
काठमाडौं र पोखरा उपत्यकामा सफलतापूर्वक सुरुवात भई सञ्चालनमा रहेको यस इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप विस्तार गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा अब इटहरी तथा धरानका ग्राहकहरुले सुपथ मूल्यमा वाई–फाई नेपालको छिटो सस्तो तथा भरपर्दो इन्टरनेट सेवाको लाभ लिन जानकारी दिएको छ ।
घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै वाई–फाई नेपालले थुप्रै अफर तथा इन्टरनेटका प्याकेजहरू ल्याएको छ।
वाई–फाई नेपालबाट अहिले ५० एमबिपिएस स्पिडको इन्टरनेट ३३३ प्रति महिना तथा ८० एमबिपिएस स्पिडको इन्टरनेट ५०० प्रति महिनामा लिन सकिनेछ ।
छिटो, सस्तो तथा भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने दृढताका साथ नेपालीहरुलाई एक आपसमा जोड्नका लागि मद्दत गर्न वाई–फाई नेपाल प्रतिबद्ध रहेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।
२ दशक भन्दा बढी इन्टरनेट सेवा सञ्चालनमा अनुभव भएका कम्पनीका कार्यकारी अधिकृत सत्रुहन पञ्जियारका अनुसार पूर्वी क्षेत्रमा उच्च गुणस्तरको वाई–फाई नेपालको सेवा विस्तार इटहरी तथा धरानबाट सुरुवात गर्न पाएकोमा वाई–फाई नेपाल परिवार उत्साहित भएको बताउनुभयो ।