इटहरी । कोशी प्रदेशका तीन जिल्ला क्षयरोगको संक्रमण उच्च जोखिममा रहेका छन् ।
विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार भद्रपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले कोशी प्रदेशका झापा,मोरङ र सुनसरी क्षयरोगको संक्रमण उच्च जोखिम रहेको बताएका छन् ।
हरेक वर्ष क्षयरोगीको संस्था बढ्ने क्रममा छ । आर्थिक २०७७÷७८ मा झापामा ९९२, मोरङमा ९६२ र सुनसरीमा ८८९ नयाँ बिरामी फेला परेको थियो ।
आर्थिक २०७८÷७९ मा झापामा ११८३, मोरङमा १२६२ र सुनसरीमा १०६० बिरामी फेला परेको अधिकृत श्रेष्ठले बताए ।
बर्सेनि करिब १७ हजार नेपाली क्षयरोगले मृत्यु हुने गरेको अनुमान छ । क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ ।
नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरू रहेका छन् ।


















