इटहरी । कोशी प्रदेश नामांकन खारेजीको मागसहित गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते पदम लिम्बू लागेहाङको मृत्यु भएको छ ।
टाउकोमा चोट लागेका उनको उपचारका क्रममा लिम्बुको बिहीवार राति २ बर्जे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्यास प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो । एक्कासि बान्ता गरेर बेहोस भएपछि उनलाई मंगलवार अस्पताल पुर्याइएको थियो ।
उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर रहेका छन् । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको एक प्रमुख घटक हो । फागुन १७ गते प्रदेशको नामाकरण गरीएको थियो ।