इटहरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा सहदेव काफ्ले निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघका इकाई सभापति समेत रहेका काफ्लेले एक हजार २९८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका उज्वल सिग्देलले ६८२ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका दानबीर थापा (सम्राट) ले २८५ मत प्राप्त गरेका छन् ।
यसैगरी सचिवमा समाजवादी विद्यार्थी युनियनका अर्जुन राई निर्वाचित भए । उनले ९७५ मत प्राप्त गर्द निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अर्जुन पौडेल ८७१ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्षमा भने अनेरास्ववियुका हेमराज खड्का विजयी भएका छन् । कोषाध्यक्ष खड्काले ११२० मत प्राप्त गर्दा नेविसंघका विपिन भट्टराईले ९८१ मत प्राप्त गरेका छन् ।
यसैगरी सदस्यहरुमा अधिकांस नेविसंघका उमेदार विजयी भए । केवल लुइटेल, मार्सल बस्नेत, सुगम भुजेल, एलिना चौधरी, सुदिप खतिवडा, सुसान्त पुरी नेविसंघबाट विजयी हुँदा समाजवादी विद्यार्थी युनियनबाट लक्ष्मण लिम्बू र अनेरास्ववियुका मनिस चौलागाईं निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनमा कूल ५,७७८ मतदातामध्ये २,२२४ मत खसेको थियो । सोमबार दिउँसोबाट सुरु भएको मतगणनाको अन्तिम मत परिणाम सोमबार राति आएको हो । निर्वाचनमा नेविसंघ र समाजवादी विद्यार्थी युनियनविच तामेल हुँदा अनेरास्ववियु र क्रान्तिकारी विच तालमेल भएको थियो ।