No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्ववियु निर्वाचन : सुनसरीका सात क्याम्पसमा संगठनबीच तालमेल

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २७, २०७९
in मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाइन
0
स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)
Share on FacebookShare on Twitter

इटहरी । आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा सुनसरीका सात क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले तालमेल गर्दै चुनावी मैदानमा होमिएका छन् ।

जिल्लाका सात क्याम्पसमध्ये जनता बहुमुखी क्याम्पस इटहरीमा नेविसंघ र समाजवादी विद्यार्थी संगठनबीच तालमेल भएको छ । यहाँ नेविसंघबाट सहदेव काफ्ले सभापतिको उम्मेदवार बनेका छन् । यस्तै, सचिवमा भने समाजवादी विद्यार्थी संगठनका अर्जुन राई उम्मेदवार बनेका छन् । यस्तै, जनता क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ ।

अनेरास्ववियुका उज्ज्वल सिग्देल सभापतिको उम्मेदवार बन्दा अखिल क्रान्तिकारीका अर्जुन पौडेल सचिवका उम्मेदवार बनेका छन् । यस्तै, सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टीमा सभापति नेविसंघका मार्शल तामाङले उम्मेदवारी दर्ता गरेका छन् । उनलाई राप्रविसंघ, अनेरास्ववियु क्रान्तिकारीको साथ छ ।

यस्तै, सो क्याम्पसमा चित्रामान राईले एकल उम्मेदवारी दिएका छन् । यस्तै, धरानस्थित पूर्वाञ्जल इन्जिनियरिङ क्याम्पसमा नेविसंघका नवीन श्रेष्ठ सभापतिको उम्मेदवार बनेका छन् । यहाँ समाजवादी विद्यार्थी संगठनलाई सचिव दिनेगरी तालमेल भएको बताइएको छ । यस्तै, सो क्याम्पसमा मन्दीप अधिकारी र अशेष रेग्मीले एकल उम्मेदवारी दिएका छन् ।

धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघबाट विनोद आले मगरले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् भने उनलाई अनेरास्ववियु क्रान्तिकारीको साथ छ । सो क्याम्पसमा सुनील सुब्बाले एकल उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, हात्तीसार केन्द्रीय प्रविधि क्याम्पसमा प्रतीक ओझा र अवनिव गुरागाईँले एकल उम्मेदवारी दिएका छन् । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा नेविसंघका देवकुमार यादवले सभापतिमा उम्मेदवारी दिएका छन् । यस्तै, सुनसरी बहुमुखी क्याम्पस इनरुवामा नन्दन गुप्ताले एकल उम्मेदवारी दिएका छन् ।

धरानको पिण्डेश्वर क्याम्पसमा भने विवादका कारण निर्वाचन अनिश्चित छ । टाकुरा न्यूजको सहयोगमा

ShareTweetPin
Previous Post

भेडेटारमा ३० करोड लगानीमा सिसाको ’स्काई वाक’ बन्दै

Next Post

इटहरीको १२ औ नगरसभा सुरु, माघ मसान्त सम्मको खर्च विवरण प्रस्तुत

Next Post
इटहरीको १२ औ नगरसभा सुरु, माघ मसान्त सम्मको खर्च विवरण प्रस्तुत

इटहरीको १२ औ नगरसभा सुरु, माघ मसान्त सम्मको खर्च विवरण प्रस्तुत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.