इटहरी । इटहरी उपमहानगरपालिकाको १२ औ नगर सभा सुरु भएको छ । मेयर हेमकर्ण पौडेलको अध्यक्षता बसेको नगर सभा बैठकमा उपमेयर संगीता चौधरीले प्रस्ताव पेश गरिन् ।
सो क्रममा माघ मसान्त सम्मको खर्च विवरण उपमेयर चौधरीले प्रस्तुत गरिज् । जसमा खर्च तर्फ बिनियोजन रकम ९८ करोड ४८ लाख ५५ हजार मध्ये ४४ करोड ४६ लाख ३३ हजार र पुजिगततर्फ एक अर्ब अठार करोड ७७ लाख ५५ हजार मध्ये २५ करोड ५७ लाख ३७ हजार गरि जम्म्म १७ करोड तीन लाख १७ हजार खर्च भएको उल्लेख छ ।
यस्तै छलफलका लागि रात्री बजार ब्यवस्थित गर्नलाई नियमावली बनाउने र कर्मचारी अनुशासन नियमावली निर्माण गर्नेजस्ता प्रस्ताव पेश गरिएको छ । सभा चैत ३ गते सकिने छ ।