No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पहिचानको आन्दोलनलाई व्यवस्थित गर्दै एकता यात्रा शुरु, छ पार्टी बीच एकता

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २७, २०७९
in मुख्य समाचार, समाचार, हेडलाइन
0
पहिचानको आन्दोलनलाई व्यवस्थित गर्दै एकता यात्रा शुरु, छ पार्टी बीच एकता
Share on FacebookShare on Twitter

झापा । विभिन्न पहिचानवादी पार्टी बीच एकता भएको छ । झापाको बिर्तामोडमा आज पार्टी एकता घोषणा कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा विभिन्न छ वटा पहिचानवादी पार्टीहरुबीच एकता भएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टी (संघीय परिषद), संघीय लिम्बूवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बूवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति, लोसपा र किराँत लिम्बूवान प्रदेश नामाङ्कन अभियानबीच एकता भएको हो । सम्बद्ध पार्टीका शीर्ष नेताहरुले संयुक्त रुपमा एकता सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

जनमुक्ति पार्टीका महासचिव विष्णु खाम्देनले पहिचानको आन्दोलनलाई व्यवस्थित गर्दै एकता यात्रा शुरु गरिएको बताए । “नेपाली जनता र नेपाली क्रान्तिको आवश्यकतालाई महसुस गरेर एक ढिक्का भएर अघि बढ्न लागिएको हो”, एकता सहमति पत्र बाचन गर्दै उनले भने ।

सम्पूर्ण शोषित–पीतिडका पक्षमा संघर्ष गर्ने गरी एकता गरिएको संघीय लिम्बूवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले बताए । “मुलुकको व्यवस्था परिवर्तन भए पनि राजनीतिक चरित्र परिवर्तन भएको छैन”, उनले भने, “जनचाहना विपरीत प्रदेशको नामकारण भएको छ, यसले सम्पूर्ण पहिचानवादीलाई अवलेहना गरेको छ ।”

कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशीले पहिचानवादीहरुको अस्तित्व मेटाउने गरी ठूला राजनीतिक दल लागिपरेको आरोप लगाए । संविधानमा समानता र समावेशी उल्लेख भए पनि आदिवासी जनजातिको सहभागिता ३ प्रतिशत पनि रहेकाले आन्दोलनको विकल्प नभएको बताए ।

त्यस्तै, लिम्बूवान राष्ट्रिय समिति, लोसपाका अध्यक्ष भक्त खेवाङले पहिचानवादीको पक्षमा राज्य नरहेको आरोप लगाए । उनले आन्दोलनमा उत्रिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।

छ पार्टी बीच एकताका लागि सात बुँदे सहमति भएको छ । नेपालको औपनिवेशिक एकात्मक एकल जातीय राज्य संरचनाको अन्त्य गरी नेपालको ऐतिहासिक जातीय पहिचानको आधारमा स्वायत्त राज्य स्वायत्त क्षेत्र, विषेश क्षेत्र संरक्षित क्षेत्र एवं गैर–मौगोलिक स्वायत्तता एवम् स्वशासन सहितको संघीय लोकतान्त्रिक बहुल राष्ट्र राज्य नेपाल स्थापना गर्न, राज्यको हरेक अङ्गहरुमा जातीय जनसंख्याको आधारमा समानुपातिक, समावेशी र सहभागीतामुलक प्रतिनिधित्व एवम् पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सिद्धान्त लागू गर्ने, नेपाली समाजको आमूल रुपान्तरण गर्न स्वदेशवाद, बहुलराष्ट्रवाद बहजातीय, सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्त एवम् विचार अंगीकार गर्दै नयाँ इन्द्रेणी समाज निर्माण गर्ने सहमति भएको छ ।

त्यस्तै, कोशी प्रदेश नामांकन खारेज गर्दै प्रदेश नं. १ को पुनः नामांकनका लागि सशक्त आन्दोलन गर्ने लगायतका सहमति भएको र्ने सहमति भएको संयोजक केपी पालुङ्वाले बताए । एकताको सम्पूर्ण प्रक्रिया पूरा नभइञ्जेल सम्मको लागि राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाको संयोजकत्वमा प्रत्येक संगठनको अध्यक्ष र पदाधिकारीहरु सहितको पार्टी एकता कार्यसम्पादन समिति गठन गरिने संघीय लिम्बूवान पार्टीका कोषाध्यक्ष एलबी पालुङ्वाले बताए ।

त्यस्तै, एकीकृत पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, पार्टीको विधान घोषणा–पत्र, आचारसंहिता लगायतका प्राविधिक पक्षहरु कार्यसम्पादन समितिले तय गर्ने उनले बताए । सहमति पछि एकीकृत पार्टीलाई दल दर्ता सम्बन्धी ऐन अनुसार आवश्यक प्रक्रियाहरु मिलाई निर्वाचन आयोगमा दल दर्ता गरिने जनाइएको छ ।

पार्टी एकता घोषणा कार्यक्रममा संघीय खम्बूवान लोकतान्त्रिक पार्टीका अध्यक्ष रचना खम्बू, किराँत लिम्बूवान प्रदेश नामाङकन अभियानका संयोजक प्रेमदीप थाम्सुहाङ लिम्बू लाजेसा लगायतले पार्टी एकताको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा निस्चला वालतीले स्वागत एवम् सञ्चालन लासेक पालुङ्वाले गरेका थिए ।

ShareTweetPin
Previous Post

चितवन–२ उपनिर्वाचन: दलहरूलाई चिन्ह प्रदान

Next Post

उदयपुरमा आगलागी, २ बालबालिकाको मृत्यु

Next Post
घरको छतबाट झर्दा १३ बर्षीय कृतिकाको मृत्यु

उदयपुरमा आगलागी, २ बालबालिकाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.