No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भगबती चौधरीको पहलमा गढी र बर्जुमा भूमिहिनलाई २ हजार घर निर्माण गरिने

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ११, २०७९
in समाचार, समाज
0
भगबती चौधरीको पहलमा गढी र बर्जुमा भूमिहिनलाई २ हजार घर निर्माण गरिने
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीका दुई पालिकाले गरिब, विपन्न तथा भुमिहिन नागरिकलाई सुविधा सम्पन्न २ हजार घरहरु ९एकीकृत वस्ती० निर्माण गर्न बुद्धिष्ट चूची फाउण्डेसनसँग समझदारी कायम गरेका छन् । सुनसरीको गढी तथा बर्जु गाउँपालिकामा अस्पताल, स्कुल, खानेपानी, ढलसहितको एकीकृत बस्ती निर्माण गर्न समझदारी कायम गरिएको हो ।

बुधबार मन्त्रालयमा चूजी फाउण्डेसन र गढी तथा बर्जु गाउँपालिकाका अध्यक्षले समझदारी पत्रमा हस्ताक्षर गर्दै सो क्षेत्रका भूमिहिन, गरिब तथा विपन्न समुदायका नागरिकको लागि एकीकृत बस्ती निर्माण गर्ने जनाएका हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको पहल र सक्रियतामा सुनसरीका दुई पालिकामा निर्माण गर्ने भनिएको एकीकृत वस्ती मुलुककै नमुना बस्तीका रुपमा रहने बताइएको छ । स्कुल, अस्पताल, सडक, ढल सहित, खानेपानी, विद्युत लगायत एकीकृत बस्तीमा आवश्यक पूर्वाधारसमेत निर्माण गर्नेगरी कार्य गर्न पालिकाद्वय र फाउण्डेसनविच समझदारी कायम गरिएको हो ।

समझदारी पत्र अनुसार गढी र बर्जु गाउँपालिकाले सो क्षेत्रमा एकीकृत बस्ती निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने तथा फाउण्डेसनले नमुना बस्ती नै निर्माण गरिदिने सम्मको समझदारी कायम गरिएको छ । समझदारी पत्रमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी तथा बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले हस्ताक्षर गरेका छन् । फाउण्डेसनका तर्फबाट उपाध्यक्ष लिन पियुले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा उल्लेख गरेअनुसार पालिकाहरुले एकीकृत बस्ती निर्माणका लागि आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउने, पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारको कानुन, ऐन नियम अनुसार आवश्यक स्वीकृति प्रदान गर्ने, परियोजना कार्यान्वयनमा आइपर्ने कठिनाईहरु हल गर्दै स्कुल, अस्पताल, आधुनिक कृषि परियोजना निर्माण, तालिम सञ्चालन गर्न भनिएको छ ।

समझदारी कायम गर्नुअघि मन्त्रालयमा फाउण्डेसनका अधिकारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीविच एकीकृत बस्ती निर्माणका सन्दर्भमा छलफल भएको थियो । सो अवसरमा बोल्दै मन्त्री चौधरीले नेपालको विकास गर्न दातृ निकायहरुको साथ र सहयोग अपरिहार्य भएको बताउँदै नेपालको ऐन कानुन र परिधिमा रहेर काम गर्न चाहने कुनैपनि अन्तराष्ट्रिय संघ संस्थाहरुलाई बाधा नहुने बताइन् । ‘दिगो विकास लक्ष्य हासिल गर्न दातृ निकायहरुको साथ र सहकार्य आवश्यक छ । राष्ट्रियता, अखण्डता र सार्वभौमिकतामा कुनैपनि आँच नआउने गरी काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।’ मन्त्री चौधरीले बताइन् ।

गरिबी निवारण, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, उर्जा, सामाजिक सचेतना, महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका सवालमा सरकार राष्ट्रिय, अन्तराष्ट्रिय निकायसँग एकबद्ध भएर अगाडी बढ्न सदैव सकारात्मक हुने मन्त्री चौधरीले बताइन् ।

मन्त्रालयको पदभार ग्रहण गरे लगत्तै मन्त्री चौधरीले सुनसरी निर्वाचन क्षेत्र नं। ३ अन्तरगत पर्ने बर्जु, गढी, दुहवी र इटहरीका गरिब, विपन्न तथा भूमिहिन नागरिकलाई आवास निर्माण गर्न पहल थालेकी थिइन् । दुई साता अगाडी चूची फाउण्डेसनका नेपाल प्रतिनिधिहरु सहितको टोलीले बर्जु र गढी गाउँपालिकाका विभिन्न क्षेत्रका भूमिहिनहरुको अव्यवस्थित वस्ती अवलोकन समेत गरेको थियो ।

सो वखत नै फाउण्डेसनका प्रतिनिधिहरुले बर्जु र गढीमा एकीकृत वस्ती निर्माण गर्ने योजना बनाएका थिए । समझदारी कायम पछि जग्गा प्राप्ती, कानुनी प्रक्रिया र परियोजनाको अन्य कामहरु अगाडी बढाइने बताइएको छ ।

ShareTweetPin
Previous Post

आजबाट धरान एक्स्पो सुरु हुँदै

Next Post

झापा, मोरङसहित १५ जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

Next Post
झापा, मोरङसहित १५ जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

झापा, मोरङसहित १५ जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.