झापा । हात्तीको आक्रमण रोक्न थापेको विद्युतीय धरापमा परेर झापामा एकको मृत्यु भएको छ ।
विद्युतीय धरापमा परेर बिर्तामोड नगरपालिका– ७ बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठले जंगली हात्तीबाट जोगिन घरवरिपरि धराप राखेका थिए ।