इटहरी । शनिबार (भोलि) उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचन हुदैंछ । व्यवसायीका सानादेखि ठूला समस्यालाई मुख्य चुनावी एजेन्डा बनाएर अध्यक्ष पदका लागि जीवन पराजुली, गायत्री कटवाल(भण्डारी), रञ्जु सिग्देल र मणिन्द्रबहादुर कटुवाल प्रतिष्पर्धामा छन् ।
अर्का उम्मेदवार पीताम्बर पोखरेलले भने पराजुली समूहलाई सघाउने उद्घोष गरेसँगै चुनावी गतिविधि निष्क्रिय पारेका छन् । उनको उम्मेदवारी निस्कृय भएपछि चार जनाको वीचमा चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । पराजुली, भण्डारी र सिग्देलको चुनावी प्रचारप्रसार सामाजिक संजालमा व्यापक देखिरहँदा दिए पनि मणिन्द्रबहादुर भने त्यति सक्रिय रुपमा रहेको देखिँदैनन् ।
तर, उनी व्यवसायीका माझ भने पुगिरहेका छन् । होटल व्यवसायी समेत रहेका कट्वाल स्वतन्त्र उम्मम्ेद्धारको रुपमा व्यवसायीका माझ पुगेको बताउँछन् । फलैंचान्यूजको सम्पर्कमा आएका कट्वालले आफ्नो उम्मेद्धारि स्वतन्त्र रुपमा भएको र इटहरीका व्यवसायीले मतदान गरी आफूलाई विजयी बनाउनमा आफू ढुक्क रहेको बताएका छन् ।
कट्वालले व्यवसायीक संस्थामा राजनीति पस्न नहुने बताउँदै आफू सबै व्यवसायीको नेता बनी नेतृत्व दिने बताए ।
यस्ता छन् कट्वालका प्रतिबद्धताहरु :



















