No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोरङका दलित छात्राको पढाइमा प्रोत्साहन गर्दै शान्ति समाज

फलैचा न्यूज by फलैचा न्यूज
माघ २६, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
मोरङका दलित छात्राको पढाइमा प्रोत्साहन गर्दै शान्ति समाज
Share on FacebookShare on Twitter

मोरङ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरूलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ ।

विपन्न दलित छात्राको माध्यमिक शिक्षामा पहुँच बढाउन गत वर्षदेखि पाँच बर्से छात्राबृत्ती अभियान सञ्चालन गरी शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरू लाई बर्सेनि छात्राबृत्ती प्रदान गरी पढाइमा प्रोत्साहन गर्न थालेको हो ।

‘छोरी पढाऔँ गरिमा बढाऔँ’ भन्ने आह्वान सहित ६ कक्षामा पढ्ने दलित छात्राहरूलाई गत वर्षदेखि छात्राबृत्ती प्रदान गर्न थालिएको र कक्षा १० सम्म पुगुन्जेल निरन्तर जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिरहने मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनालले बताए ।

पूर्व सभापति खनालका अनुसार समाजले यो वर्षका लागि२५ माघमा मोरङको कटहरी गाउँपालिका स्थित थलाहाको जनता माविमा औपचारिक कार्यक्रम आयोजना जम्मा ३४ जना दलित छात्राहरूलाई जनही १२ हजार रुपैयाँ छात्राबृत्ती प्रदान गरेको छ । छात्राबृत्ती पाउनेहरूमा कक्षा ७ मा अध्ययनरत कटहरी थलाहा स्थित जनता माविका २७ जना र धनपालथान गाउँपालिकाको दादरबेरिया स्थित सरस्वती माविका ७ जना विपन्न दलित छात्राहरू रहेका छन् ।

शान्ति समाज नेपालले पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको थियो । तर तीमध्ये तीन जनाले विद्यालय छाडेकोले यो वर्ष ३४ जनाले मात्र छात्रवृत्ति पाएका छन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा शान्ति समाज नेपालका केन्द्रीय सभापति रामकृष्ण बराल, पूर्व उपसभापति गोविन्द खनाल, उत्तम पुडासैनी, सचिव लक्ष्मीनारायण मिश्र, मोरङका सभापति प्रा.डा. जीवन ढकाल सहभागी थिए । कार्यक्रममा जनता माविका प्र.अ. रामनारायण विश्वास, सरस्वती माविका शिक्षकहरू हरि कट्टेल, भगवान् पुडासैनी, धन थापा, लगायतले शान्ति समाजले दलित समुदायका छात्राहरूको शिक्षामा पहुँच बढाउन थालेको पाँचबर्षे छात्राबृत्ती अभियानको प्रशंसा गरेका थिए ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि यो वर्ष शान्ति समाजका सदस्य र शुभचिन्तकहरू रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत् थापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गरेका थिए ।

यसै गरी रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्ण बहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मिना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र आर्या पाण्डेले पनियो छात्रवृत्ति अभियानमा सहयोग गरेका थिए ।

ShareTweetPin
Previous Post

लागुऔषध न्युनिकरण गर्न प्रदेश प्रहरीले सुरु गर्यो ‘म सक्छु’ अभियान

Next Post

रंगेलीमा निःशुल्क स्वास्थ्य सिविर संचालन

Next Post
रंगेलीमा निःशुल्क स्वास्थ्य सिविर संचालन

रंगेलीमा निःशुल्क स्वास्थ्य सिविर संचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.