बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागुऔषध न्युनिकरण कार्य योजना “म सक्छु” अभियान २०७९ सुरु गरेको छ ।
बिराटनगर महानगरपालिका–१६ मा रहेको लागुऔषध क्यान को भवनमा करिव ५० जना लागुऔषध प्रयोगकर्ताहरुलाई भेला जम्मा गरी मनो सामाजिक परामर्स दिईएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतले लागुऔषध प्रयोग कर्ताहरुलाई मनो सामाजिक परामर्स प्रदान गर्नु भएको थियो ।
यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा संचालन भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

















