उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–३ थापा चौकमा स्कुल बसको ठक्करबाट पैदल यात्री एक जना बृद्धको मृत्यु भएको छ ।
बुधबार पुर्वबाट पश्चिमतर्फ जादै गरेको पञ्चायत मा.बि. पथरीको ना ६ ख ६१८२ नम्बरको स्कुल बसले ठक्कर दिदा घाईते भएका पैदल यात्री स्थानीय ८० बर्षीय भिम बहादुर तामाङको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
घटनामा संग्लग्न बस र चालक पथरी शनिश्चरे नगरपालिका–९ का ३० बर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

















