इटहरी । झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–९ का २२ बर्षीय अर्जुन आले र ३८ बर्षीय कृष्ण लिम्वुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर–१६ मा भारतबाट नेपाल तर्फ संकास्पद अवस्थामा आउदै गरेका पैदल यात्री धरान–१३ का २० बर्षीय शुक्र भुजेल, २१ बर्षीय पवन अधिकारीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट निषेधित औषधी लुपिजेसिक,एभिल, फेनारगन र डाईजोपाम सहित १४० एम्पुल बरामद गरेको छ ।
उता उदयपुरको प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालीका–४ स्थितमा चेकजाँचको क्रममा बेलका नगरपालिका–३ का २० बर्षीय बिशाल तामाङ, २४ बर्षीय प्रदिप तामाङ र २१ बर्षीय उमेश खत्रीलाई नाइट्राभेट ३२ ट्याव्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।


















