रामधुनी । थारु जातिको पूजा गर्ने प्रमुख पवित्र भूमि ग्रामथानको प्रर्वदन साथै संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । सुनसरीको रामधुनीमा ग्रामथान संरक्षण समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सरोकारवालाहरूले ग्रामथानको प्रचारप्रसार साथै संरक्षण समेत नभएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष तेजनारायण चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा ग्रामथानमाथि बहु प्रकृतिको आक्रमण भएको बताइएको छ । राज्यले समेत ग्रामथानले ओगटेको जमिन सरकारी वा व्यक्तिको नाममा कायम गरिदिँदा चरम रूपमा सांस्कृतिक भूमि अतिक्रमित भएको उल्लेख गरिएको छ ।
ग्रामथानको संरक्षण गर्नका लागि सरकार पक्ष, राजनीतिक दल, सङ्घसंस्था सँग पटक पटक छलफल तथा संरक्षण गर्दा पनि कसैको प्राथमिकतामा नपरेकाले यसको संरक्षणका लागि राज्यलाई ध्यानाकर्षण गर्न माग गरिएको छ ।
यस्ता छन् मागहरू:


















