इटहरी । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः प्राप्ति गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन् ।
लामिछानेलाई आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले सभापतिको जिम्मेवारी दिइएको हो ।
लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

















