इटहरी । आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्ने दिन ।
श्रीपञ्चमीका अवसरमा सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लागेको छ । विद्यार्थीले विशेषगरी सरस्वतीको पूजाअर्चना गर्ने र साना नानीलाई अक्षरारम्भ गराउने चलन छ ।