बिराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख श्याम लाल ज्ञवालीले प्रहरी कर्मचारीलाई समाजमा शान्ति सुरक्षा कायम राख्न चुस्त दुरुस्त भई परिचालन हुन निर्देशन दिएका छन् । जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख तथा इलाका प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिएका हुन् ।
अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा अहोरात्र खटिन तथा आम नागरिकहरुमा सचेतना अभिबृद्धि गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न उनको आग्रह छ ।
सोही क्रममा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ–आफ्नो जिल्लाको बस्तु स्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

















