इटहरी । इटहरी उद्योग वाणिज्य संघको निर्वाचन स्थगित भएको छ । आगामी माघ १४ गते निर्वाचनको मिति तोकिएर कार्यतालिका समेत प्रकाशित गरिएपनि निर्वाचन स्थगित भएको हो ।
वैधानिकतामाथि प्रश्न उठेपछि निर्वाचनको मिति स्थगित गरिएको हो । निर्वाचन अधिकृत विश्व रिजालले एक सूचना जारी गर्दै तत्काललाई चुनाव स्थगित गरिएको जानकारी दिए ।
उनका अनुसार अब साधारणसभाले चुनावको ‘म्याण्डेड’ दिएपछि मात्रै चुनावको कार्यतालिका पुनः प्रकाशन गरिने छ । साधारणसभा भने माघ ११ गते हुने भएको छ ।


















