काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
गत पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले लिएका छन् ।
प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका तर्फबाट सरकारमा सहभागिता रहेको छ । जनता समाजवादी पार्टीबाट पनि मन्त्रिपरिषद्मा सहभागी हुने बताइएपनि अन्तिममा सो दलका तर्फबाट भने सहभागी भएनन् ।
यस्तो छ ‘प्रचण्ड क्याविनेट’:



















