इटहरी । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै छन । दिउसो १ बजे बस्ने प्रदेशशभाको बैठकमा उनले विश्वासको मत लिने भएका हुन ।
नेपालको संविधान २०७२ को धारा १६८ २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ ।
उनी आफ्नो पार्टी एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ । प्रतिपक्षी बेन्चमा ३३ सांसद छन । प्रदेश सभामा काग्रेसका २९ र एकीकृत समाजावदीका ४ सांसद रहेका छन ।


















