प्रतिलिटरमा ३ रुपैयाँले घट्यो,पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

रामधुनी । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको छ ।

अब पेट्रोल लिटरको एक सय ७५ तथा डिजेल र मट्टितेल लिटरको एक सय ७२ रुपैयाँ पर्ने भएको छ ।

यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर दुई सय २५ डलर ९करिब प्रतिलिटर ३० रुपैयाँ० घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ७० र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार ४ सय २० डलर पर्नेछ ।

खाना पकाउने एलपी ग्यासको मुल्य यथावत नै रहेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here