No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अस्कल क्याम्पसमा हिंसा मच्चाएर नेता बनेका गगनले अध्यादेशको विरोध गरे: राई

फलैचा न्यूज by फलैचा न्यूज
पुस ३, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
अस्कल क्याम्पसमा हिंसा मच्चाएर नेता बनेका गगनले अध्यादेशको विरोध गरे: राई
Share on FacebookShare on Twitter

विराटनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य दिपेश राईले अस्कल क्याम्पस अगाडि ढुंगामुढा गरेर हिंसा मच्चाउने काँग्रेस नेता गगन थापाले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन् ।

 

विराटनगरमा आज सो पार्टीले आयोजना गरेको ‘सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयन र चुनौति’ विषयक अन्तरक्रियामा राईले यस्तो बताएका हुन् । उनले ०६२/६३ को जनआन्दोलनभन्दा अगाडि थापाले तत्कालिन सरकार विरुद्ध विभिन्न खालका विध्वंस मच्चाएको स्मरण गराउँदै त्यस्तै खालको आन्दोलनको नेतृत्व गरेकाहरुलाई छुटाउने गरि सरकारले ल्याएको अध्यादेशको विरोध गर्न नहुने बताए ।

‘आन्दोलनमा लागेका साथीहरु जेलमा बन्दी हुँदा, कैदी हुँदा सरकारले उनीहरुलाई छुटाउनका लागि पहल गर्यो, सम्झौता गर्यो र कानूनी हिसावले बाधा अड्काउ फुकाउने गरी कानून संशोधनका लागि अध्यादेश ल्याउने ठाउँसम्म आइपुग्यो,’ राईले भने, ‘अब यसको विरोध गर्नुपर्ने कुनै कारण छैन । विरोध गर्नेहरुको हिसाव किताब जनताले गर्नुपर्छ, यसको मूल्यांकन हुन्छ । समीक्षा हुनुपर्छ ।’

उनले अहिलेको वर्तमान संविधान समाजवाद उन्मुख लेखिएको भएपनि स्रोत साधनको विनियोजनमा जसको शक्ति उसको भक्ति जस्तै गरेको बताए । ‘भर्खरै सम्पन्न निर्वाचनको बेलामा हामीले देख्यौं, जिते पछि मन्त्री हुने मन्त्री भएपनि यति बजेट ल्याउँछु, यति विकास गर्छु, भनेको सुन्यौं,’ उनले भने, ‘यस्तो निकृष्ट राजनीतिले समाजवाद आउँछ ? मन्त्री नहुनेको क्षेत्रमा चाहिं विकास चाहिंँदैन ? यस्तो खालको समाजवाद नेपाली जनतालाई चाहिएको होइन ।’

संविधानमा भएका कतिपय त्रुटीहरुलाई सत्तामा बस्नेतहरुकै हितका लागि पनि सच्याउनु जरुरी भएको उनको भनाइ थियो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मीले सरकारले ल्याएको अध्यादेश मार्फत राजनीतिक बन्दीहरुको रिहाइ गर्नुपर्ने बताए । रेग्मीले वृहत कम्युनिष्टहरुको एकता नभएसम्म देशमा अशान्ति भइरहने पनि बताए ।

 

सोही कार्यक्रममा नेपाली काँग्रेस मोरङका कार्यवहाक सभापति भक्ति माझी, नेकपा माओवादी केन्द्र मोरङका संयोजक विजयकुमार विश्वास, नेकपा क्रान्तिकारी माओवादीका मोरङ इन्चार्ज विमल निरौला, वैज्ञानिक समाजवादी पार्टीका नेता बद्री पासवान लगायतले राजनीतिक बन्दीहरुको बिनाशर्त रिहाई र झुठा मुद्दा खारेज गर्नुपर्नेमा जोड दिएका थिए ।

ShareTweetPin
Previous Post

विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै

Next Post

जैसी भट्टराईको गजल संग्रह हुम्लाकी तारा इटहरीमा विमोचन

Next Post
जैसी भट्टराईको गजल संग्रह हुम्लाकी तारा इटहरीमा विमोचन

जैसी भट्टराईको गजल संग्रह हुम्लाकी तारा इटहरीमा विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.