No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भ्वाइस अफ नेपाल सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगर जिताउ अभियान सुरु

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर २९, २०७९
in मनाेरञ्जन, समाचार, स्थानीय, हेडलाइन
0
भ्वाइस अफ नेपाल सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगर जिताउ अभियान सुरु
Share on FacebookShare on Twitter

बिर्तामोड । हिमालयन टेलिभिजनबाट प्रशारित रियालिटी शो भ्वाइस अफ नेपालको सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगरलाई जिताउन अपिल गरिएको छ ।

झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै योगेश जिताउ अभियानले बिर्तामोड–४ निवासी २० वर्षीय मगरलाई अत्याधिक भोट गरी जिताउन अपिल गरेको हो । अभियानका संयोजक प्रभास थापा मगरले सुमधुर स्वरका धनी मगरलाई जिताउन आग्रह गरेका हुन् ।

मगरलाई जिताउन अभियानले जिल्लाका विभिन्न स्थानमा स्थानीय कलाकारको साथ लिएर सहयोग संकलन समेत गरिरहेको उनले जानकारी दिए। मगरलाई जिताउन नेपाल मगर विद्यार्थी संघ, युनाइटेड क्लब बिर्तामोडले अभियान गरिरहेको उनले बताए ।

 

“आफ्नै संघर्षको जगमा उभिएका एक होरहार कलाकारलाई जिताउनु हामी सबैको साझा कर्तव्य हो”, संयोजक थापा मगरले भने, “विभिन्न कलाप्रेमी महानुभावले समेत स्वतस्फूर्त रुपमा सहयोग गरिरहनुभएको छ ।” बिर्तामोडका विभिन्न कलेजहरुमा समेत योगेशका लागि सहयोग संकलन गरिरहेको जिताउन अभियानले जनाएको छ ।

मगरलाई जिताउन भोटिङ महत्वपूर्ण रहेको छ । भोटिङका लागि खल्ती एपबाट कोड नंं. १२ मा निःशुल्क र सशुल्क भोट गर्न सकिने युनाइटेड युथ क्लबका अध्यक्ष साङ्गेदोर्जे शेर्पाले बताए ।

पन्छी एण्ड सनब्रस्ट ब्याण्डका मुख्य गायक योगेशले झापाका अधिकांश क्लब÷पब मा सांगीतिक प्रस्तुती दिइसकेका छन् । आफ्नै आत्मबल र स्वअध्ययनबाट गायन क्षेत्रमा स्थापित हुँदै गएका योगेश एक संघर्षशील युवा हुन् ।

पत्रकार सम्मेलनमा जिताउ अभियानका सदस्यहरु राज मुखिया, विश्वास कार्की, खुम खड्का लगायतले कुशल गायक योगेशलाई जिताउन भोटिङ महत्वपूर्ण भएकाले सबैको सहयोग अपरिहार्य भएको भन्दै सक्दो भोट गर्न आग्रह गरे । योगेशलाई शुक्रबारसम्म भोट गर्न सकिनेछ ।

 

Tags: भ्वाइस अफ नेपालको सिजन–४योगेश मगररियालिटी शो भ्वाइस अफ नेपाल
ShareTweetPin
Previous Post

अनलाइन बाट हुने बालयौन दुव्र्यवहार विरुद्ध विषयक इटहरीमा पत्रकारहरुसँग अन्तरक्रिया

Next Post

सडक मानवको संरक्षण गर्दै आएको माया घर नेपालकाे ५ औँ वार्षिक साधारणसभा सम्पन्न

Next Post
सडक मानवको संरक्षण गर्दै आएको माया घर नेपालकाे ५ औँ वार्षिक साधारणसभा सम्पन्न

सडक मानवको संरक्षण गर्दै आएको माया घर नेपालकाे ५ औँ वार्षिक साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.