रामधुनी । प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा पहिलो पटक उदयपुर २ को अन्तिम नतिजा प्रकाशित भएको छ ।
उदयपुर–२ मा नेकपा एमालेका अम्बरबहादुर रायामाझी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनले १५ हजार २ सय ५१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
रायामाझीका प्रतिद्वन्द्वी नेकपा एसका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेद्वारी दिएका रामकुमार राईले १० हजार ३ सय ७९ मत प्राप्त गरे

















